मधेसी नेतालाई सत्ता र भत्ताको राजनीति त्याग्न बाबुरामको सुझाव

Posted on: May 03, 2016 | views: 194

६ बैशाख, काठमाडौं ।

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले आफ्नो हकअधिकार प्राप्तिका लागि मधेसी नेताले सत्ता र भत्ताको राजनीति त्याग गर्नुपर्ने बताउनुभएको छ ।

महोत्तरीको जलेश्वरमा आज नयाँ शक्ति नेपाल महोत्तरीले आयोजना गरेको मधेस स्वाभिमान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री भट्टराईले सत्ता र भत्ता नछाड्ने र आन्दोलन पनि गर्ने दोहोरो चरित्रका कारण मधेस आन्दोलन उपलब्धिविहीन भएको बताउनु भयो ।

नेता भट्टराईले लामो बन्द र हडतालका कारण मधेस आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा निकै पछाडि परिसकेकाले अब मधेस र मधेसीले केवल राजनीतिक पहिचान र अधिकारका लागि नभएर आर्थिक विकास र समृद्धिका लागि पनि आन्दोलन गर्नुपर्ने बताउनुभयो ।