कांग्रेस महाधिवेशन: देउवा टिम मिलाउँदै,यस्तो छ पौडेलको तयारी  

Posted on: April 30, 2016 | views: 173

काठमाडौं,फागुन ९ । महाधिवेशन नजिकिादै गर्दा कांग्रेस नेताहरू कसरी अगाडि बढ्ने भन्नेमा आन्तरिक छलफलमा जुटेका छन् । सुशील कोइरालाको जुठो आइतबार सकिादै छ । सभापतिका दाबेदारहरू अन्य पदका आकांक्षीलाई मिलाएर आ–आफ्नो टिम बनाउन सक्रिय छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिने निश्चितजस्तै छ ।
संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले आइतबारसम्म शोक रहेकाले सोमबारबाट महाधिवेशनकेन्द्रित तयारी अघि  बढ्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–
देउवा टिम मिलाउँदै
वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो टिम मिलाउन थालेका छन् । महाधिवेशन आउन १० दिन मात्र बाँकी रहेकाले कसलाई कुन पदमा ‘सेटल’ गर्ने भन्ने अभ्यासमा देउवा समूह जुटेको छ ।
‘निर्वाचन प्रक्रिया अघि बढेको छ । टिमबारे अनौपचारिक छलफल भइरहेका छन् । अब १० फागुनदेखि औपचारिक छलफल आरम्भ हुन्छ,’ देउवानिकट केन्द्रीय सदस्य डा। प्रकाशशरण महतले भने, ‘सभापतिमा देउवाजीको औपचारिक उम्मेदवारी आउँछ, टिम मिलाउने प्रक्रियाले पनि अब गति लिन्छ ।’
पौडेलको यस्तो तयारी
कार्यवाहक सभापति रामचन्द्र पौडेल पनि छलफलमा व्यस्त छन् । उम्मेदवारीका लागि तयारी र प्रक्रिया १० फागुनमा मात्रै सुरु गर्ने उनले बताउँदै आएका छन् ।
पौडेलले शशांक, शेखर र सुजाता कोइरालालाई समान धारणा बनाएर एकजना सर्वसम्मत हुन आग्रह गर्दै आएका छन् । तर, उनीहरूले आफूसहित डा. रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापालाई पनि ‘एडजस्ट’ गरेर अघि बढ्नुपर्ने सुझाब दिएका छन् ।
आकांक्षीसाग सहयोग माग्दै पौडेल
संस्थापनबाट कार्यवाहक सभापति पौडेल मात्र होइन, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सभापतिका आकांक्षी छन् । सिंह छलफलमा छन् भने सिटौलाले उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, पौडेलले यसपालि आफूलाई सहयोग गर्न सिंह र सिटौलालाई प्रस्ताव गरेका छन् । पौडेलले दुईमध्ये एकलाई संसदीय दलको नेता र एकलाई महमन्त्रीमा ‘एडजस्ट’ गर्न सकिने प्रस्ताव राखेका छन् । सभापतिमा उम्मेदवारी दिने भनेर दुवै महामन्त्रीले उपसभापतिमा बढुवा हुन ‘बार्गेनिङ’ गरेको बुझाइमा पौडेल रहेको उनीनिकट एक नेताको दाबी छ ।
नीतिको तयारीमा केन्द्रीय समिति
कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै छ । बैठकले आगामी २० फागुनदेखि हुने महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव, नीति तथा कार्यक्रम र महाधिवेशन तयारीबारे छलफल गर्ने भएको छ ।
तराईका आठ जिल्लामा अधिवेशन हुन बाँकी
तराईका आठ जिल्लामा नगरदेखि जिल्लासम्मको अधिवेशन हुन बाँकी छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा नेताहरूबीच विवाद भएपछि समयमा अधिवेशन हुन नसकेको हो ।
सप्तरी र सर्लाहीमा १० फागुनका लागि अधिवेशन तय भएको संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले बताए । बाँकी जिल्लामा १२ फागुनसम्म अधिवेशन हुने र महाधिवेशन प्रतिनिधि छानिएपछि २० फागुनको अधिवेशनलाई समस्या नहुने उनको भनाइ छ ।
‘धनुषामा १० गते नगर र १२ गते क्षेत्रको अधिवेशन हुन्छ, क्षेत्रको भएपछि महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लाग्छ,’ ढुंगानाले भने ।यसअघि निर्वाचन समितिले १० फागुनसम्म जिल्ला तहसम्म अधिवेशन सक्न निर्देशन दिएको थियो । तर, आइतबारसम्म २० जिल्लामा अधिवेशन गर्न बाँकी छ ।