प्रचण्डका कुरा ! भन्छन्-'केहि दिनमा कांग्रेस सरकारमा आउँछ'

Posted on: May 02, 2016 | views: 153

३ बैशाख, जुम्ला ।
जुम्ला आइपुगेका एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमै काँग्रेस सरकारमा सहभागि हुने दावी गरेका छन् ।

जुम्लाको नराकोट गाविसमा आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकार गठन भएदेखी बन्दै आएको काँग्रेस ओली सरकारमा सहभागी हुने भाषणलाई दोहोर्याएका हुन् ।

सरकार परिवर्तनको कुरा हल्ला मात्र भएको भन्दै प्रचण्डले देशको समृद्धि र विकासका लागि अहिले राष्ट्रिय एकता जरुरी रहेको बताए ।

यता नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भने काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

काँग्रेस क्षेत्र नं ४ चितवनले आज फूलबारीमा गरेको कार्यक्रममा उनले हतारमा पार्टी सरकारमा जान नहुने बिचार राखे ।

मधेसमा देखिएको समस्या समाधान नहुँदै सरकारमा जाँदा काँग्रेसलाई दीर्घकालीन असर पर्ने बताउँदै कोइरालाले काँग्रेसको अगुवाइमा तराईका समस्या समाधान गर्नुपर्ने बताएपनि कुनै उपाय भने दिएनन् ।

स्मरणीय छ तराई केन्द्रित दलहरुले थालेको मधेश आन्दोलनको नाममा भारतीय नाकाबन्दीलाई सहयोग आन्दोलन सुशील कोइराला नेतृत्वको सरकारकै कार्यकालमा सुरु भएको थियो ।