भारतीयको जन्मदीनमा देउवाको भाषण-'वार्ताबाटै समस्या समाधान'

Posted on: May 01, 2016 | views: 153

२ बैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले मुलुकमा रहेका सबै समस्याको समाधान बार्ता र संबादबाटै हुने बताउनु भएको छ ।

राजधानीमा आज भारतीय बिद्धान भीम राब अब्बडेकरको जन्म जयन्तीका अबसरमा आयोजित कार्यक्रममा सभापति देउबाले सरकार र आन्दोलनरत दुबै पक्ष बार्ता र सम्बादमा गम्भीर बन्नु पर्ने बताउनु भयो ।

सभापति देउबाले ७० बर्षको प्रयासपछि संबिधान सभाबाट जारी भएको संबिधान उत्कृष्ट रहेको र कार्यान्वयनमा सबै कटिबद्ध हुनु पर्ने बताउनु भयो ।

सभापति देउबाले कांग्रेसले संबिधान कार्यान्वयन र भुकम्पपछिको पुन निर्माणमा ध्यान केन्द्रित गरेको बताउनु भयो ।