विदुर । नेकपा एमालेको पदाधिकारी खारेज गरिएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष मात्रै सहभागी भएको हिजो बसेको केन्द्रीय कमिटी बैठकले एमालेका पदाधिकारीलाई खारेज गरेको र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको केन्द्रीय सदस्य खगराज अधिकारीले जानकारी दिनुभएको छ ।
एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली रहेका थिए ।
यस्तै, नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहेका थिए । भुसाल नेपाल पक्षमा छन् भने पौडेल ओलीको पक्षमा छन् ।
सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहेका थिए । एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो । जसलाई पाटी अध्यक्ष ओलीको प्रस्तावमा खारेजी गर्ने निर्णय गरिएको हो । अब पाटीमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल बाहेक अरु सबै भेला आयोजक कमिटीको सदस्य हुने भएका छन् ।
नयाँ जिम्मेवारी :
नेकपा एमालेको जिम्मेवारी तोकियो।।
प्रदेश नं- १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल
प्रदेश नं- २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल
बाग्मती प्रदेश
इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी
गण्डकी प्रदेश
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली
लुम्बिनी प्रदेश
इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का
कर्णाली प्रदेश
इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी
सुदूरपश्चिम प्रदेश
इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल
एमालेबाट केन्द्रिय सदस्य हुने २२ पूर्वमाओवादी नेताहरु :
• रामबहादुर थापा
• मणिचन्द थापा
• प्रभु साह
• टोपबहादुर रायमाझी
• टंक आङबुहाङ
• लेखराज भट्ट
• टेकबहादुर बलामी
• पासाङ शेर्पा
• कमल जंग
• ज्वाला साह
• लिलाबहादुर थापा
• दधिराम न्यौपाने
• विषमलाल अधिकारी
• धर्मराज रेग्मी
• दिनेश पन्थी
• चन्द्रबहादुर खड्का,
• झपट बोहरा
• डम्बर विष्ट
• नवीन रोका
• गौरीशंकर थारु
• दावा लामा
केहीलाई कारबाही :