युनियन संघ पुर्नगठन, अध्यक्षमा निलमकुमार भुसाल, निर्वाचनको तयारीमा व्यस्त

Posted on: September 23, 2020 | views: 708

विदुर । नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा पुनः निलमकुमार भुसाल चयन भएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन संघमा आवद्ध भएका कर्मचारीहरुको बैठकले भुसाललाई पुन अध्यक्षको जिम्मेवारी दिएको हो । संघको उपाध्यक्षमा सानुकुमार कार्की र सबिता दाहाल, सचिबमा जनार्दन शर्मा, सहसचिबमा महेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा लोकनाथ न्यौपाने रहेका छन ।

यस्तै, सदस्यहरुमा बिनय पौडेल, प्रमिला आचार्य, रनुका श्रेष्ठ, शालिकप्रसाद अधिकारी, दलबहादुर घले, सन्दिप तिवारी, टेकबहादुर अधिकारी, भानुभक्त रेग्मी, सोमबहादुर घले, सुरेश सिटौला र शिब गजुरेल चयन भएको जनाईएको छ ।

यसैबीच नयाँ कार्यसमिति पुर्नगठन भएसगैँ निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको तयारीमा जुटेको छ । नुवाकोटमा नेपाल निजामती कर्मचारीहरुको निर्वाचनमा बहुमत मतदाता सङ्ख्या भएको कारण नेपाल निजामती कर्मचारी युनियन संघले अध्यक्ष आफूले लिने र बाँकीमा अन्य संगठनसंग सहमति गर्ने तयारी अघि बढाएको छ । 

माउ पार्टी नेकपा एक भएपनि उसको भातृ संगठन साविक एमाले र माओवादी केन्द्रको हालै पुर्नगठन भएको कार्यसमिति भिन्दाभिन्दै भएसगैँ नुवाकोटमा लामो समयदेखि बहुमत सदस्य सङ्ख्या रहेको नेपाल निजामती कर्मचारी युनियन संघ अग्र स्थानमा कायम नै रहेको हो । जिल्लामा सदस्य सङ्ख्या बढी रहेको, निरन्तर क्रियाशिल हुदै विभिन्न रचनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रम चलाउदै आएको कारण पनि नेपाल निजामती कर्मचारी युनियन संघ चलायमान रहदै आएको छ ।