अबको सभामुख सापकोटा, उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब

Posted on: January 20, 2020 | views: 447

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजिनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

शिवमाया तुम्बाहाम्फेले सोमबार उपसभामुख पदबाट राजीनामा दिने : 

प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सोमबार राजीनामा दिन तयार भएकी छन । केहीदिन अघिसम्म आफुले कुनै हालतमा राजीनामा नदिने अडानमा देखिएकी तुम्बाहाम्फेको वेवास्ता गदै पार्टीले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि राजीनामा दिन तयार भएकी हुन । उनले आईतबार सापकोटाको नाममा पार्टीको निर्णय भएलगत्तै प्रधानमन्त्रीको समय मागेर भेट्न बालुवाटार पुगेकी थिईन । भेंटमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख तुम्बाहाम्फेले आफुले तुरुन्त राजीनामा दिने तर आफुलाई कतै व्यवस्थापन गरिदिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ  । 

उनको आग्रहपछि प्रधानमन्त्री ओलीले कुनै मन्त्रालयमा व्यवस्थापन  गर्ने सकिने आश्वसन दिएका थिए । नयाँ सभामुखको निर्वाचनका लागी भोली बस्ने प्रतिनिधिसभाको बैठकमा उनले राजीनामा दिने र ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी छ । तुम्बाहाङफे ०७४ साल चैत्र २ गते प्रतिनिधिसभामा उपसभामुख निर्वाचित भएकी थिइन् ।