ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम पड्कायो

Posted on: January 15, 2020 | views: 501

काठमाडौ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ नेकपा विप्लव समूहले बम विस्फोट गराएको हो । घटनाको जिम्मा विप्लव समूहले लिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका  अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् ।  बस विस्फोट किन र कसले गराएको भन्नेबारे केही डिएसपी नखुलेको बोगटीले जनाए । विस्फोटका विषयमा अनुसन्धान भइरहेको र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।