नेविसंघ नुवाकोटको अध्यक्षमा नमराज सुवेदी चयन

Posted on: February 13, 2019 | views: 554

विदुर । नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोटको अध्यक्षमा नमराज सुवेदी चयन हुनुभएको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष नयनसिंह महरले राजीनामा दिएसगै केन्द्र देखि जिल्लासम्म रिक्त रहेको नेविसंघको पदाधिकारी चयनको क्रममा नुवाकोट नेविसंघको जिम्मेवारी सुवेदीले पाउनुभएको हो ।
नुवाकोटमा विद्यालयतह देखि नै नेविसंघमा आबद्ध रहेर हाल क्याम्पसतहमा अध्ययनरत रहनुभएका सुवेदी आसन्न नेविसघको अधिवेशनको लागी समेत बलियो उम्मेदवारको रुपमा भइरहेको चर्चासगै उहाँलाई नेविसघ प्रदेस नं. ३ ले जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो ।

उहाँलाई अध्यक्षको जिम्मेवारी गत माघ ९ गते देखि नै कार्यान्वयन हुनेगरी नेविसंघ प्रदेस नं .३ का संयोजक एवम नेविसंघ केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीबाट हस्ताक्षर भएको पत्र दिइएको छ । पत्रमा नेविसंघको विधान २०२७ को सातौ शंशोधन २०७५ बमोजिम रिक्त रहेको जिल्ला अध्यक्षमा चयन गरिएको उल्लेख गरिएको छ । यसैगरी, पत्रमा नेविसंघको विधि, बिधान एवम् मर्यादा भित्र रहेर संघलाई अझ गतिशिल बनाउनको लाग्ने सक्षम रहने विश्वास समेत व्यक्त गरिएको छ ।
 
अध्यक्षमा चयन भएसगै सुवेदीले आफूलाई संगठन र पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीलाई कर्तव्यबोधका साथ पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले हाल रिक्त रहेको संघलाई क्रियाशिल बनाउने, सबै पक्षलाई समावेश गरी सक्षम व्यक्तित्वहरुलाई समावेश गरी कार्यसमिति चयन गर्ने, आसन्न स्ववियु निर्वाचनमा नुवाकोटमा हुने निर्वाचनमा संगठनलाई बिजयी गराउनको लागी क्रियाशिल हुने तथा लोकतान्त्रिक पद्धतीबाट नयाँ नेतृत्व चयन गराउने प्रतिक्रिय दिनुभएको छ ।
उहाँले पछिल्ला समयमा विद्यार्थी संगठनहरुले विद्यार्थीको मूल मुद्धालाई ओझेलमा पार्ने तथा वेवास्था भइरहेको सममया आफूले त्यसलाई पनि चलायमान बनाएर विद्यार्थीहरुले हाल भोग्दै आएको समस्याको रुपमा सार्वजनिक क्षेत्रमा विद्यार्थी सहुलियतको रुपमा सवारी साधनमा प्राप्त ४५ प्रतिशत छुट पूर्ण रुपमा कार्यान्वयन गराउने, जिल्लाको विभिन्न बस्तीबाट उच्च शिक्षा अध्ययनको लागी नुवाकोटको बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसम्म आउन, त्रिशूली बहुमुखी क्याम्पससम्म आउने अभाव रहेको यातायातका साधन उपलब्ध गराउन पहल गर्ने, क्याम्पसहरुमा वितरण गर्ने छात्रबृत्ति पारदर्शी रुपमा वितरण गर्ने, शैक्षिक सँस्थाहरुमा पुस्तक सहितको पुस्तकालय, स्वच्छ पिउने पानी, व्यबस्थित डेक्स बेञ्च, शिक्षक विद्यार्थीलाई नियमित शैक्षिक सँस्थामा आउने वातावरण बनाउनको लागी पहल गर्ने बताउनुभएको छ ।

यसैगरी उहाँले सबै विद्यालयमा संगठनको विस्तार, प्रशिक्षण मार्फत उनीहरुलाई राजनीतिक नभई राजनीतिक सञ्चारको प्रतिबिम्ब जगाएर असल व्यक्तित्वको रुपमा उत्पादन गराउनको लागी नेविसंघ मार्फत पहल कदमी गर्ने बताउनुभएको छ ।



नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्ने, गत पुस २७ मा महामन्त्री सरोज थापा सहितका ७ पदाधिकारीहरुले राजीनामा दिने लगायतको गतिविधि पश्चात हाल नेविसंघ संगीन मोडमा रहेको समयमा नुवाकोट नेविसंघको जिवम्मेवारी सुवेदीको काँधमा आएको हो ।