मिडियाले तथ्य बंग्याएर पीडित बनाए : उपसभामुख तामाङ

Posted on: March 27, 2018 | views: 431

जगदिश खनाल
१३, चैत । गौहत्या एंव त्यसको मासु प्रकरणबारे उपसभामुख राधिका तामाङबाट आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यनाकर्षण जनाउनुभएको छ । सोमबार तामाङले प्रेस बिज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गनुभयो ।

“नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही चैत्र ७ गते गृहमन्त्री समक्ष ध्यानाकर्षण गराएको घटनाको सन्दर्भमा नाम जोडेर गरिएका गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।” उहाँले भन्नुभयो “घेदुङले गृहमन्त्री समक्ष राखेका विषयवस्तु ध्यनाकर्षण पत्रमा स्पष्ट उल्लेख गरिएको र सन्दर्भवश आफू त्यस टोलीमा सहभागी भएपनि केही अनलाईन मिडियाले नियोजित रुपमा नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर प्रचार गरी बदनाम गरेका हुन् ।”


गौहत्या गर्न पाउनुपर्ने एंव त्यसको मासु खान पाउनुपर्ने कानुन चाहिने भनेर माग गरिएको भनेर आएको समचार झुठो एवम् निन्दनीय रहेको र आफू त्यसरी प्रस्तुत नहुनेमा जानकार समेत रहेको उपसभामुख तामाङले स्पष्ट पार्नुभयो ।


“लडेर मरेको गाईलाई व्यक्तिगत रिसिइबीका कारण मारेको आरोप लगाई सोझा गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बिचौलियाबाट मकवानपुरका पीडितहरु न्याय माग्दै भौतारिरहेका छन् ।” उहाँले भन्नुभयो “घटनाको बास्तविकता बुझाउने सन्दर्भमा सम्बन्धित निकायसम्म पु¥याएर न्याय प्रदान गर्नु सबैकोे जिम्मेवारी रहेकाले गृहमन्त्री समक्ष आफूले त्यस विषयमा ध्यानाकर्षण गराएको हो ।”


आफूलाई असफल बनाउन गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि समेत भएको घटनाले आफू दुखित भएको उहाले बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।


“देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षता सहितको नयाँ संविधान जारी भएको छ ।” उहाँले जारी गरेको विज्ञप्तीमा भनिएको छ “संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जानेछ । यसमा अनावश्यक बहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु ।”
उहाँले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साईबर कानुनको ख्यालगर्न पनि विज्ञप्ती मार्फत अनुरोध गर्नुभयो ।
नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ प्रदेस ‘क’बाट प्रदेस सदस्यमा निर्वाचित भएर प्रदेस नं. ३ को उपसभामुखमा निर्वाचित हुनुभएका तामाङ पूर्व कृषि विकास राज्यमन्त्री समेत हुनुहुन्छ ।