काठमाडौं । गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामालाई तत्काल रिहा गर्न माग गर्दै काभ्रेको बनेपामा कांग्रेस कार्यकर्ता जुलुस निकालेका छन् । जुलुसमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। साँझ छ बजे बनेपामा लामालाई रिहा गर्ने माग गर्दै निकालेको मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा दुईपक्षबीच झडप भएको हो।
मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा प्रहरी माथि जुलसमा सहभागीले ढुङगामुढा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीले स्थिति नियन्त्रण लिन दुई राउन्ड अश्रु ग्याससमेत प्रहार गरेको छ। बुधवार काठमाडौंको गौशालाबाट एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ परेका लामालाई रिहाको माग गर्दै कांग्रेस काभ्रेले आन्दोलनको नेतृत्व गरेको हो।