दलहरुको समानुपातीक सांसदमा बन्दसुची फेरेर आफन्त र पहुँचकालाई प्राथमिकता

Posted on: December 31, 2017 | views: 388
काठमाडौं । राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फ सांसद हुने व्यक्तिहरुको नाम क्रम सख्या मिचेर निर्वाचन आयोगमा बुझाएका छन् । प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फ पाएको सिट संख्या आधारमा दलहरुले बन्दसुचिभित्रबाट अन्तिम नाम छान्दा क्रम मितेका हुन् । आफन्त नातागोता र नजिकका व्यक्तिलाई प्राथमिकता दिँदा ठुला दललेसमेत क्रम संख्या मिचेर नाम सिफारिस गरेको पाईएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।