प्रचण्डको गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने-'सत्ता हस्तान्तरण गर्न आतुर छु'

Posted on: December 26, 2017 | views: 112
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सत्ता हस्तान्तरण गर्न आतुर भएको बताउनुभएको छ । आज चितवनको सौराहामा आयोजित १४ औं हात्ती महोत्सवको समुद्धघाटन गर्न आउनुभएको प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो । समुद्धघाटन समारोहमा बोल्दै देउवाले कांँग्रेसको इतिहासमा संक्रमणकालिन अवस्थामा समेत कांग्रेसले सफलता प्राप्त गरेको भन्दै कांँग्रेसको फाईदा बेफाईदा भन्दा पनि आफूले निर्वाचनलाई शान्तिपुर्णरुपमा सफल पार्नु ठुलो कुरा रहेको बताउनु भयो । प्रमुख अतिथि देउवाले कांग्रेस सधै लोकतन्त्र पक्षमा रहेको उल्लेख गर्दै कांग्रेसले अव छिट्ठनै सत्ता हस्तान्तरण गर्ने दोहोराउनु भयो । समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कांँग्रेसले आर्थिक पुर्वाधारको कार्य सबै तयार गरिसकेको भन्दै उहांँले अव बन्ने सरकारले आर्थिक विकास र समृद्धितिर लम्किने आशा व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै उहांँले देशकै केन्द्र भागमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र सौराहामा गएको बाढीले गरेको नोक्सान र बगेर गएका बन्यजन्तुलाई फर्काएर ल्याउन सकेकोमा निकुञ्जका कर्मचारी लगायत सम्बद्ध व्यत्तिहरुको कामप्रति सरह्राना व्यक्त गर्नुभयो । यसैबीच उहांँले मुग्लिङ्ग नारायणगढ पुर्ननिर्माण गर्न पटक पटक निर्देशन दिदासमेत बाटो निर्माणको ढिलाई प्रति आफूलाई दुःखित बनाएको उल्लेख गर्नु भयो । सो कार्यक्रममा बन र बन्यजन्तुको संरक्षणमा योगदान दिने निकुञ्ज कर्मचारी , समाजसेवी एवं हात्ती माउतहरुलाई सम्मान गरिएको थियो । सो हात्ती महोत्सव पुष १५ सम्म चल्नेछ ।