एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन उपयुक्तः नेता सिंह

Posted on: December 23, 2017 | views: 130
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भएपनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताउनुभयो ।