एमाले र माओवादी केन्द्र मिलेर नयाँ पार्टी बन्नेः ज्ञवाली

Posted on: December 23, 2017 | views: 145
काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर नयाँ पार्टी बन्ने बताउनुभएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उहाँले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्ने र चाँडै नै एकता हुने बताउनुभयो । एमाले सचिव ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्नेे विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गरी सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने बताउनुभयो ।