फोरमका अशोक राईलाई सुनसरीबाट एमालेका राइले हराइदिए

Posted on: December 11, 2017 | views: 191
सुनसरी । सुनसरी क्षेत्रमा १ मा बाम गठबन्धनका तर्फबाट प्रतिनीधिसभाका उमेदवार जयकुमार राई विजयी हुनुभएको छ । आइतबार राति १० बजे सार्वजनीक भएको मतपरिणाम अनुसार एमालेका उमेदवार जयकुमार राईले ४४ हजार ५ सय २८ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि लोकतान्त्रीक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार अशोक राइले २२ हजार १ सय २३ मत पाउनुभयो ।