प्रधानमन्त्रीका दावेदार केपी शर्मा ओली सबैभन्दा बढी मतले विजयी, बामदेव गौतम पराजित

Posted on: December 10, 2017 | views: 439

झापा ।

पूर्वप्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीका दाबेदार एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


प्रतिद्धन्द्धि भन्दा २९ हजार बढी मत ल्याएका ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ओलीको यो मतान्तर यो निर्वाचनमा सबैभन्दा बढी हो ।


उनका निकटम प्रतिद्वन्द्वी डा खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।


यता वाम गठबन्धनका सूत्रधार मानिएका नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।


बर्दिया क्षेत्र नं १ बाट प्रनिनिधिसभा सदस्य उम्मेद्धार गौतम कांग्रेसका संजयकुमार गौतमसँग ७५३ मतको अन्तरले पराजित भएका छन् ।


सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।