गाई पार्टीका कमल थापा दाहालसँग पराजय नजिक

Posted on: December 09, 2017 | views: 492
हेटौंडा । राप्रपा नेपालबाट गाई चूनाव चिन्हमा उठेका पार्टी अध्यक्ष तथा बहालवाला उपप्रधानमन्त्री कमल थापा पराजित हूने देखिएको छ । मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहालभन्दा पाँच हजार भन्दा बढी मतअन्तरले पछि परेपछि उनी पराजित हूने पक्का जस्तै देखिएको छ । कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २१ हजार ७५३ मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८४२ मत पाएका छन् । दाहाल र थापाबीचको मतान्तर ५ हजार ८९ छ । मतगणनाको सुरुआतमा कमल थापाले अग्रता लिए पनि पछिल्लो समयमा दाहालले थापासँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मतान्तर बढीरहँदा मतगणना कम बाँकी रहेका कारण थापा पराजित हूने निश्चित जस्तै बनेको छ ।