नुवाकोटमा बाम गठबन्धन बिजय उन्मूख, महत र केसी मतान्तरमा धेरैपछि पर्दै

Posted on: December 08, 2017 | views: 1457

नुवाकोटमा बाम गठबन्धन बिजय उन्मूख, महत र केसी मतान्तरमा धेरैपछि पर्दै


बिदूर ।

हेवि वेटका नेताका रुपमा प्रचार गरिएका चार पटकका अर्थमन्त्री रामशरण महत र काँग्रेस वरिष्ठ नेता मानिएका अर्जून नरसिंह केसी प्रदेशसभा निर्वाचनको मतगणनामा क्रमश पछि पर्दै जान थालेका छन ।


मतगणना थालनीको केही समय अग्रस्थान र उस्तै प्रतिस्पर्धा देखिएपनि मतान्तर बढदै जाँदा र माओवादी तथा एमाले प्रभावका क्षेत्र मानिएका स्थानको गणना बाँकी रहेको अवस्थामा महत र केसी पराजय उन्मूख भएको नतिजाले देखाएको छ । यद्यपी मतगणना गर्न धेरैनै बाँकी रहेकाले यसैभन्न सकिने अवस्था भने छैन ।


ताजा मत परिणाम अनूसार नुवाकोट क्षेत्र नम्वर १ को प्रदेशसभा निर्वाचनमा हितबहादूर तामाङ प्रतिस्पर्धी रामशरण महत भन्दा करिव दूइहजार मतले अघि देखिएका छन । तामाङले आफनो मतान्तर बढाउँदै लगेका छन ।


मतपरिणाम अनूसार माओवादी केन्द्रका हितबहादूर तामाङले ९ हजार १ सय २६ मत प्राप्त गरेका छन । जहाँ काँग्रेस नेता रामशरण महतले केवल ७ हजार ४ सय ४९ मत प्राप्त गरेर पछयाइरहेका छन ।



यसैगरि क्षेत्र नम्वर २ को मतपरिणाम अनूसार काँग्रेसका अर्जून नरसिंह केसी क्रमस पछि पर्दै गएका छन । केसी प्रतिस्पर्धी एमालेका नाराण खडका भन्दा ३५ सय बढी मतले पछि परेका छन ।


मत परिणाम अनूसार अर्जून नरसिंह केसीले मात्र ६ हजार ८ सय ७८ मत प्राप्त गरेका छन भने एमालेका नारायण प्रसाद खतिवडाले १० हजार १ सय ३७ मत प्राप्त गरेका छन ।


दूई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको जिल्लाको सबै क्षेत्रमा ताजा मत परिणाम हेर्दा बाम गठबन्धन बिजय नजिक देखिन्छ । गत संविधानसभा निर्वाचनमा तीनै क्षेत्र काँग्रेसले जितेको जिल्लामा यसपटक काँग्रेस सबै मोर्चामा

पराजयको नमिठो हार व्यहोर्ने आँकलन गरिन थालिएको छ ।

गत संविधानसभा निर्वाचनमा क्षेत्र नम्वर एकमा नेता केसी र २ मा नेता महत बिजयी भएका थिए ।


जिल्ला भरको ताजा मतपरिणाम यस्तो छ


क्षेत्र नं १ काे मतपरिणाम 

(प्रतिनिधि सभा-१ )

काङ्ग्रेस  :  रामशरण महत= ७६४२

माअाेवादी केन्द्र : हितबहादुर तामाङ =९६५९

जम्मा गणना = 


( प्रतिनिधि सभा -२)

काङ्ग्रेस : अर्जुननरसिंह केसी =६८४६

एमाले : नारायणप्रसाद खतिवडा = १००९८

जम्मा गणना = १९२०३


नुवाकोट प्रतिनिधिसभा-१ प्रदेशसभा-१ 

काङ्ग्रेस : महेन्द्र थिङ =३१९२

माअाेवादी केन्द्र  : राधिका तामाङ =४४५२

जम्मा गणना = 


प्रदेशसभा-२

काङ्ग्रेस : रमेश महत   =३१२३

एगमाले : बद्री मैनाली =६२५५

जम्मा गणना =


प्रदेशसभा-१ 

काङ्ग्रेस : जगदीश नरसिंह केसी =३८१८

एमाले: केशवराज पाण्डे =५८१६

जम्मा गणना = १०३६९


प्रदेशसभा-२

काङ्ग्रेस : जगत तामाङ   =३९७३

माअाेवादी केन्द्र : हिरानाथ खतिवडा =४७२५

जम्मा गणना =९५७२