पर्सामा ३ ठाउँमा फोरम, १ ठाउँमा काँग्रेस अगाडी, बाम गठबन्धन पछिपछि

Posted on: December 08, 2017 | views: 284
बीरगञ्ज । पर्साको ४ क्षेत्रको प्रारम्भिक मतपरिणाम घोषणा भएको छ । घोषित मतपरिणाम अनुसार प्रतिनिधी सभा क्षेत्र नम्बर १ , ३ र ४ मा फोरम राजपा गठबन्धनका उम्मेदवार अग्रस्थानमा रहेका छन । फोरम राजपा गठबन्धनको तर्फबाट फोरम नेपालका प्रदीप यादव, हरिनारायण रौनियार र लक्ष्मणलाल कर्ण अग्रस्थानमा छन भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजय चौरसियाले अग्रता हासिल गर्नु भएको छ । क्षेत्र नम्बर १ को प्राप्त पछिल्लो मत परिणाम अनुसार फोरम राजपा गठबन्धनका प्रदिप यादवले ११८६ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अनिल रुंगटाले ४ सय ८७ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा बाम गठबन्धनबाट एमालेका उम्मेदवार विचारी यादवले २ सय ९४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजय चौरसियाले ५०० मत प्राप्त गरि अग्र स्थानमा हुनु हुन्छ भने फोरम राजपा गठबन्धनका विमल श्रीवास्तवले ३३७ मत प्राप्त गर्नु भएको छ भने बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सलिम मन्सुरले १४२ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी क्षेत्र नम्बर ३ मा राजपा फोरम गठबन्धनका हरिनारायण रौनियारले १६९ मत प्राप्त गरि अग्र स्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाल संघिय समाजवादी पार्टीका राजकुमार यादवले ९० मत प्राप्त गर्नु भएको छ । तेश्रो स्थानमा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ४५ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी क्षेत्र नम्बर ४ मा फोरम राजपा गठबन्धनका लक्ष्मणलाल कर्णले ३८२ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका रमेश रिजालले १९७ मत प्राप्त गर्नु भएको छ । तेश्रो स्थानमा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले १७९ मत प्राप्त गर्नु भएको छ ।