यस्तो छ नुवाकोटको ताजा मतपरिणाम, महत र केसी पछाडी, बाम उम्मेद्धार अगाडी

Posted on: December 08, 2017 | views: 765

नुवाकोट ।

नुवाकोट जिल्लामा जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दूवैतर्फ एमाले माओवादी केन्द्रका उम्मेद्धारहरु अघि देखिएका छन ।


जस अनुसार प्रतिनिधी सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा रामशरण महतले ५०९७ मत पाएका छन । यसैगरि महतभन्दा अघि गठवन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका  हितबहादुर तामाङको ६१६४ मत आएको छ ।


यस्तै प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा क मा नेपाली कांग्रेसका महेन्द्र वहादुर थिङको १८७७ र गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी राधिका तामाङको २६३० मत आएको छ ।


यस्तै प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा ख मा नेपाली कांग्रेसका रमेश महतको मात्र १७४० मत आउँदा गठवन्धनका तर्फबाट नेकपा एमालेका वद्रि मैनालीको ४२९३ मत आएको छ ।


नुवाकोटको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ मा  वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका नारायण खतिवडाको ६६२२ मत आएको छ ।

नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले मात्र ४४१८ मत पाएका छन ।