प्रचण्डले जारी गरे यस्तो सर्कूलर

Posted on: November 20, 2017 | views: 1684

काठमाडौं । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको केन्द्रीय श्रद्धाञ्जली सभा प्रचण्ड निवासमै गर्ने भएको छ। माओवादी केन्द्रको केन्द्रीय सचिवालयको सोमबार विहान बसेको बैठकले यो निर्णय गरेको हो।  बैठकपछि पार्टी कमिटीहरुमा जारी गरिएको सर्कूलरमा उल्लेख भए अनुसार प्रकाशको श्रद्धाञ्जली स्वरुप ७ मंसीरमा केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम हुनेछ। यसैगरी ५ मंसीरमा देशव्यापी रुपमा श्रद्धाञ्जली कार्यक्रम गरिनेछ।अध्यक्ष प्रचण्डले जारी गरेको सर्कूलरमा निर्वाचन सभा भन्दा पहिले श्रद्धाञ्जली कार्यक्रम गर्न भनिएको छ।