रुकुममा बिप्लवमा २ जना कार्यकर्ता पक्राउ

Posted on: November 09, 2017 | views: 66

रुकुम । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका २ जना कार्यकर्तालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश तथा प्रतिनिधीसभा निर्बाचन बिरुद्धका बिभिन्न गतिबिधीमा सक्रिय रहेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नेकपाका मोतीराम खड्का र दिपक बिष्ट रहेका छन ।

उनीहरुलाई पक्राउ गरि सार्बजनिक अपराधमा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रबक्ता थमन बहादुर रजाँलीले जानकारी दिए ।

बिप्लवका कार्यकर्ताहरुले केहि दिन अघि नेकपा माओबादी केन्द्रका नेता तथा बिनाबिभागिय मन्त्री जनार्दन शर्माको घरमा दलाल संसदिय व्यवस्था मुर्दावाद लेखिएको कालो व्यानर झुण्ड्याईको थियो । निबार्चन बिरोधी गतिबिधि गर्न सक्ने भन्दै नेकपाका बिभिन्न गतिबिधिलाई नजिकबाट नियाली रहेको प्रहरीको भनाई छ ।

निबार्चनको बेला जिल्लाको शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गर्न नपाइने र त्यस्ता गतिबिधिमा संलग्नलाई कानुन अनुसार कार्वाही हुने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।

यसअघि स्थानीयतह निर्बाचनमा पनि बिप्लवका १ दर्जन बढी कार्यकर्ताहरुलाई निर्बाचन अबधिभर प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो । रुकुमको आठबिसकोटमा चुनाबी बिरोधी गतिबिधीमा संलग्न भएको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरि सार्बनजिक अपराधको मुद्धा चलाएको थियो ।