उपेन्द्र यादव भन्छन्-'सप्तरी जिल्ला पछाडी परेकाले यहाँबाट उम्मेद्धारी दिएं'

Posted on: November 04, 2017 | views: 51

सप्तरी ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले सप्तरीको विकास गर्न आफुले सप्तरी जिल्लाबाटै निर्वाचनमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका यादवले आज राजविराजमा बुद्धिजीवीसँगको छलफलमा आफ्नो जन्मभूमिको माया र सप्तरीका जनताकोे चाहनाले आफूलाई तानेर ल्याएको बताउनुभयो ।

अध्यक्ष यादवले २ नं प्रदेशलाई नै शक्तिशाली र समृद्ध बनाउनु जरुरी रहेको बताउनुहुदै प्रादेशिक सीमाङ्कनमा राज्यले ठूलो बेइमानी गरेकोले संविधान संशोधनका लागि निर्वाचनपछि संघर्ष गरिने बताउनुभयो ।