सप्तरीमा १ सय ६८ जना उम्मेद्धार, दल भन्दा स्वतन्त्रमा धेरै उम्मेद्धारी

Posted on: November 03, 2017 | views: 158
सप्तरी । आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभाका निर्वाचन क्षेत्रलागि सप्तरीमा १ सय ६८ जनाले उम्मेदबारी दर्ता गराएका छन् । चार वटा प्रतिनिधीसभाको क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदबारी दिएका छन् भने आठ वटा प्रदेश सभाका लागि १०९ जनाले उम्मेदबारी दिएका छन् । क्षेत्र नम्बर १ मा प्रतिनिधीसभाका लागि १४ जनाले उम्मेदबारी दिएका छन् ।   क्षेत्र नम्बर २ बाट १८ क्षेत्र नम्बर ३ बाट १२ र क्षेत्र नम्बर ४ बाट १५ जनाले प्रतिनिधीसभाका लागि उम्मेदबारी दर्ता गराएका छन् ।
प्रदेशसभाका लागि क्षेत्र नम्बर १ को १ बाट ९ र १ को २ बाट पनि नौ जनाले नै उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नम्बर ४ को २ बाट १२ जनाले प्रदेश सभाका लागि उम्मेदबारी दिएका छन् ।
स्वतन्त्रको घुइँचोदलहरुले जित्नका लागि गठबन्धन बनाएपनि दलभन्दा स्वतन्त्र उम्मेदबारको संख्या उल्लेख्य छ ।
प्रतिनिधीसभाका लागि कुल ५९ जनाले उम्मेदबारी दिएको जिल्लामा २१ जनाले स्वतन्त्र उम्मेदबारी नै दिएका छन् ।
प्रदेशसभाका लागि १०९ जनाले उम्मेदबारी दिएकोमा ३९ जना स्वतन्त्र छन् ।
क्षेत्र नम्बर १ मा प्रतिनिधीसभाका लागि ५ जनाले, क्षेत्र नम्बर २ बाट ८ जनाले, क्षेत्र नम्बर ३ बाट ३ जनाले र क्षेत्र नम्बर ४ बाट ५ जनाले स्वतन्त्र उम्मेदबारी दर्ता गराएका छन् ।
प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर १ को १ बाट २ जना, १ को २ बाट ३ जना, क्षेत्र नम्बर २ को १ बाट ४ जना, क्षेत्र नम्बर २ को २ बाट १२ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ को १ बाट ७ जना, ३ को २ बाट ४ जना, क्षेत्र नम्बर ४ को १ बाट ४ जना र ४ को २ बाट ३ जनाले प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदबारी दिएका छन् ।