पशुपतीले पढाए प्रचण्डलाई नैतिकताको पाठ ! भन्छन्-'माओवादीले सरकार छाड्नुपर्छ'

Posted on: October 12, 2017 | views: 162

भक्तपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा 'माओवादी केन्द्र'ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । 

आज भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी भएको बताउनुभयो । 

उहाँले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गर्नुभयो ।