विघटन गर्यो माओवादीले ‘हेडक्वाटर’ ?

Posted on: August 28, 2017 | views: 214

काठमाडौं  । केन्द्रीय समिति, पोलिटव्यूरो र सचिवालयबाट कुनै पनि निर्णय लिन कठिन भएको भन्दै माओवादी केन्द्रले ‘हेडक्वाटर’ नाम दिएको केन्द्रीय कार्यलय समिति बनाएको थियो । जहाँ विभिन्न धाराबाट एकीकृत भएका पार्टीका शीर्ष नेताहरु सम्मिलित थिए ।

तर, माअ‍ोवादीको हिजो बसेको ‘हेडक्वाटर’ को अन्तिम बैठकले ‘हेडक्वाटर’ नै विघटन गरेको छ । यो ३४ सदस्यीय थियो । अब यसको ठाँउमा केन्द्रीय सचिवालयले काम गर्नेछ । केन्द्रीय सचिवालय ९९ सदस्यीय हुनेछ । हाल यसमा करिव ८० जना सदस्य छन् ।

विघटित ‘हेडक्वाटर’ का एक सदस्यका अनुसार एकता प्रक्रियालाई सहज बनाउन यस्तो निर्णय लिइएको हो । ‘अहिले माओवादी केन्द्रले धुव्रीकरणको पहल गरिरहेको छ र भएको पनि छ । यस्तो अवस्थामा धुव्रीकरणमा आउने सबैले ‘हेडक्वाटर’ मै बस्न इच्छा गर्ने गरेको पाइयो । सबैलाई त्यसलाई समेटन पनि गाह्रो देखियो । यहीँ कारण ‘हेडक्वाटर’ नामक संरचना नै विघटन गरेर सचिवालयलाई कार्यकारी बनाइएको हो ।’ ती नेताले रातोपाटीसँग भने ।

‘हेडक्वाटर’ विघटन भएपछि एकता प्रक्रियामा आएका देवेन्द्र पौडेल र रामचन्द्र झा लगायतका अन्य नेताहरु केन्द्रीय सचिवालयका सदस्य हुनेछन् । अब एकता प्रक्रियामा आउने अन्य नेताहरु पनि सचिवालय सदस्य हुनेछन्