राणाको पार्टी खारेज गर्न माग गर्दै थापाद्वारा सर्वोच्चमा रिट

Posted on: August 27, 2017 | views: 359

काठमाडौँ । निर्वाचन आयोगले पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  (प्रजातान्त्रिक) लाई बिना आधार दल दर्ताको प्रमाणपत्र दिएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । थापाले राणाको पार्टी खारेज गर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गरेका हुन् । मुद्दाको भोलि पेशी तोकिएको छ ।

निर्वाचन आयोगले पार्टी विभाजन हुँदा चाहिने आवाश्यक केन्द्रीय सदस्य संख्या नै नपुगी राप्रपा प्रजातान्त्रिकलाई दल दर्ताको प्रमाणपत्र दिएको आरोप लगाउँदै थापा समुह अदातलत गुहार्न पुगेको हो । निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकलाई गत बुधबार दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

राणाले आफ्नो भनेर दाबी गरेका ९ केन्द्रीय सदस्य र दुई सांसद आफ्नो रहेको थापाको दाबी गरेको छ ।

मुद्दा दायर गर्न गणेश थापा, सुशील श्रेष्ठ लगायत वकिल सर्वोच्च पुगेका थिए ।

आयोगले राप्रपा प्रजातान्त्रिकलाई प्रमाणपत्र दिएपनि कोको केन्द्रीय सदस्य र सांसद कुन पार्टीमा छन् भन्ने जानकारी माग्दा नदिएको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले बताएका थिए । उनले रातोपाटीसँग कुरा गर्दै भनेका थिए, ‘हामीले निर्वाचन आयोगसँग कुन कुन सांसद र कुन–कुन केन्द्रीय सदस्य राप्रपा प्रजातान्त्रिकका हुन् भनेर लिखित माग गर्यौँ तर नाम नै तयार छैन भनेर आयोग पन्छियो यो भन्दा गाइजात्रा अरु के हुनसक्छ रु अब हामी न्यायका लागि अदालत जानुको विकल्प छैन ।’

तर निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले दल दर्ताका लागि निवेदन परेपछि त्यसको छानविन गर्दा प्रकृया पुगेको पाइएकाले दल दर्ताको प्रमाणपत्र दिएको बताएका छन् । उनले आयोगले विधि र विधान बमोजिम नै दल दर्ताको प्रमाणपत्र दिएकाले यसबारे अरु कुरा गर्न जरुरी नभएको बताएका छन् । 

प्रवक्ता शर्माले पशुपति शम्शेर राणा पक्षले आयोगमा ७३ जना केन्द्रीय सदस्यको नाम र हस्ताक्षर बुझाएको र ति मध्ये ६६ जना केन्द्रीय सदस्य रहेको छानबिनमा पाएको पनि बताए ।