नयाँ शक्तिमा असन्तुष्टी जनाएका १५ नेता र ६ गते माओवादी केन्द्रसंग एकता गर्ने

Posted on: August 20, 2017 | views: 261

काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका १५ नेताले ६ गतेभित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । 

देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले वृहत धु्रविकरण संयोजन समिति गठन गरेका थिए । यो समिति र माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा र वर्षमान पुन अनन्तको टोलीबीच शनिबार भएको वार्तामा पार्टी एकताको सहमति जुटेको छ ।

आइतबार सैद्धान्तिक विषयमा छलफल भएपछी १५ नेताले पाउने हैसियत र जिम्मेवारीबारे शीर्ष नेतृत्वले निर्णय लिनेछ । आइतवारको छलफल सकारात्मक भए नयाँ शक्तिमा १५ जना नेता  र माओवादी केन्द्र बीच एकता हुनेछ । 

नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको वार्ता प्रक्रिया असफल भए लगतै पौडेल समूहले ध्रुविकरणको अभियान थालेको थियो । यो समूहले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डामा सहमत शक्तिहरुबीच मोर्चाबन्दी गर्ने प्रस्ताव राखेको थियो । तर, डा. भट्टराई उनीहरुको प्रस्तावमा सहमत नभएपछी पूर्व माओवादीहरुसहितको ध्रविकरण अभियान चलाएको थियो । भट्टराईले यस बिषयमा स्पष्टिकरण सोधेपछी उनीहरु भट्टराई नेतृत्वसँग टाढिएका हुन् ।