देवेन्द्र पौडेलसहितका नेतालाई नयाँ शक्तिले पार्टीबाट निकाल्यो

Posted on: August 18, 2017 | views: 218

काठमाडौं । नयाँ शक्तिले असन्तुष्ट देवेन्द्र पौडेलसहितका नेतालाई निस्काशन गरेको छ । पार्टी विरोधी गतिविधि गरेको भन्दै उनीहरुलाई निस्काशन गरेको हो । 

आज मात्र पौडेलको नेतृत्वमा बृहत धुव्रीकरण संयोजन समिति गठन गरेका थिए । 

केही दिन अगाडि मात्र पौडेलले नयाँ शक्तिको नीति भन्दा बाहिर गएर पत्रकार सम्मेलन गरेको आरोप लागेको थियो ।

पत्रकार सम्मेलन गरेर पौडेलसहितका नेताहरुले बृहत ध्रुविकरणको आह्वान गरेपछि नयाँ शक्तिका संयोजक डा. भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण पत्र बुझाएको केही दिनपछि पौडेलसहितका नेताहरुले औपचारिक ध्रुविकरणका लागि समिति बनाएका थिए