मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव

Posted on: August 17, 2017 | views: 308

काठमाडौं ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै मितिमा गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीनदलका शीर्ष नेता र निर्वाचन आयोगका पदाधिकारीबीच आझ भएको छलफलमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकै मितिमा गर्ने सहमति भएको हो ।

बैठक पछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले हिमाली र उच्च पहाडी ३१ जिल्लामा मंसिर ४ गते निर्वाचन गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त डा. यादवले सरकारले मंसिर ४ गतेको निर्वाचनका लागि पर्सी भदौ ३ गते निर्वाचनको मिति घोषणा गर्ने, भदौ ५ गते भित्र आवश्यक कानून र भदौ १५ गतेसम्म निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउने जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।