यस्तो छन् कमल थापामाथि राणाका ६ आरोप, नयाँ पार्टीको एजेण्डा के ?

Posted on: August 07, 2017 | views: 269

काठमाडौं।  राप्रपासँग विद्रोह गरी  राप्रपा (प्रजातान्त्रिक) गठनको पहल थालेका   पशुपति शमशेर राणाले कमल थापाबाट एकीकृत पार्टीका नेता कार्यकर्ता तथा जनताको अपेक्षा अनुसार नभएपछि बाध्य भएर कदम चाल्नु परेको बताएका छन् ।


पार्टी विभाजनको भोलिपल्ट सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले  नेतृत्वकै कारण कार्यकर्ता पंक्तिमा निराशा र विचलन देखिएको भन्दै सोहि कारण स्थानीय तहमा  पार्टीको निराशा जनक परिणाम आएको बताए ।  


कमल थापाको कारण राप्रपाले जनताको समेत विश्वास गुमाइसकेको अवस्थामा जनभावनाको कदर गर्र्दै आफूहरुको नयाँ पार्टी गठन गरेको बताए । 
पत्रकार सम्मेलनमा कमल थापामाथि विभिन्न ६  बुँदे आरोप लगाउँदै  राणाले आफूहरु प्रजातान्त्रिक मुलधार समातेको ताजा विचारका साथ अघि बढेको भन्दै अब राजनीतिक रंगमन्चमा आफ्नो स्थान सुरक्षित राख्ने दाबी गरे । 


राणाले थापामाथि लगाएको ६ आरोप यस्तो छः


यसैबीच राजतन्त्र, गणतन्त्र या हिन्दुराष्ट्रमध्ये कुन एजेण्डा लिने भन्नेमा पार्टी अलमलमा देखिएको छ । पार्टीभित्र आबद्ध भएकाहरु राजावादी र गणतन्त्र वादी दुबै भएकाले सबैको भावना समेटिने गरी कुन एजेण्डा लिएर अघि बढ्नेमा पार्टीभित्र छलफल भइरहेको  बताइएको छ । 


पत्रकार सम्मेलनमा राणाले भने, ‘हामी नयाँ संस्कृति र परम्परालाई बोक्छौं । पृथ्वीनारायणबाहको यो देशमा ठूलो योगदान छ । तर, तत्काललाई एजेण्डाबारे कुनै निर्णय भएको छैन । यी विषयदलाई छलफलबाटै  टुंग्याउछौं ।’


राणाले आइतबार ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद पुर्याएर पार्टी फुटाएको घोषणा गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।  यसैबीच संस्थापनले ६ केन्द्रीय सदस्यसहित १७ केन्द्रीय सदस्यलाई कारबाही गरेको घोषणा गरेको छ । सोमबार बसेको राप्रपाबैठकले उनीहरुलाई कारबाहीको घोषणा गरेको हो ।