राप्रपा फुट्यो, पशुपति शमशेरको नेतृत्वमा नयाँ दल दर्ता

Posted on: August 06, 2017 | views: 184

काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको छ । 

राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले नयाँ पार्टी दर्ता गराएका छन् । राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ ।

पछिल्लो समय संविधान संशोधनका विषयमा अध्यक्ष कमल थापासंग फरक मत राख्दै आएका राणाले अन्तत पार्टी नै विभाजित गरेका हुन् । अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप राणाले लगाउँदै आएका थिए । नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे रहेका छन् ।