गोर्खाल्याण्डको बिजुली बंगालले नपाउने, टिस्टा जलविद्युतमा तालाबन्दी

Posted on: July 13, 2017 | views: 647

दार्जीलिङ ।

दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलन बिरुद्ध सेना लगाएर दबाउन खोजिरहेको बंगाल सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने भएको छ ।


पहाडको प्राकृतिक साधन प्रयोग गरेर तराई झिलिमिलि बनाउने बंगाल सरकारको नीति बिरुद्ध उत्रंदै दार्जीलिङवासीले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् ।


आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर बुधबारदेखि बंगालमा भइरहेको १ सय ३२ किलोवाटको विद्युत आपूर्ति बन्द गरिदिएका हन् ।


परियोजनाका सवारी चालकहरुले गाडीको साँचो बुझाउँदै सवारी साधनसमेत नचलाउने भएका छन् ।


दार्जीलिङ क्षेत्रमा चर्कीएको निर्णायक गोर्खाल्याण्ड आन्दोलन उत्कर्समा पुिगरहेका बेलामा विद्युत गृह सञ्चालनमा आउन नदिने भन्दै आन्दोलन कारीले बन्द गरिदिइका हुन् ।


टिस्टा–४ जलविद्याु्त आयोजनामा पनि तालाबन्दी गर्ने चेतावनी दिंदै आन्दनलनकारीले गोर्खाल्याण्ड आन्दोलन निर्णायक मोडमा रहेको भन्दै समयमै गोर्खाल्याण्ड घोषणा गर्न माग गरेका छन् ।


पहाडका नदीनालाहरुबाट बिजुली निकालेर त्यसको आम्दानीचाहिँ बंगाल सरकारले लिने गरेको गुनासो दार्जीलिङबासीहरुले गरिरहँदा प्राकृतिक साधनमा समेत गोर्खाल्याड क्षेत्रको बंगालले नपाउने उनिहरुले बताएका छन् । दुई महिना देखी चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भारतीय सेनाको गोली लागेर ३ जना गोर्खाल्याण्ड आन्दोलनमा शहिद भएका छन् भने दर्जनौं घाइते भएका छन् ।


स्मरणीय छ गत वर्ष भारतमा चर्किएको जाटहरुको आन्दोलनमा हरियाणाबाट जाने दिल्लीको पानीको मुहान थुन्ने प्रयास हुँदा भारत सरकारले सेना लगाएर पानीको हडतालमाथि हस्तक्षेप गर्दै रोकेको थियो ।


प्राकृतिक श्रोतको शोषण गरेर दार्जिलिंग क्षेत्रलाई गुमनाम पारिरहेको भन्दै गोर्खाल्याण्ड आन्दोलनकारीहरुले अब गोर्खाल्याण्ड प्राप्त भएपछि मात्र अनिश्चित हडताल रोकिने भन्दै यसको लागि ज्यान दिन तयार रहेको बताउँदै आएका छन् ।