राजकुमार सहयोगार्थ दोहा धमाका हुँदै

Posted on: May 02, 2016 | views: 373

१० चैत, दोहा ।
सवारी दूर्घटनामा परि घाईते भई उपचार खर्च समस्यामा परेका राजकुरमा दाहालको सहयोगार्थ दोहा कतारमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

मोटरसाईकल दुर्घटनामा परेर ढाड भाँचिएपछि बर्षदिनदेखी उपचार गराउँदै आएका नुवाकोट थानसिंका दाहालको उपचार गर्दा गर्दै खर्च अभाव भएपछि सहयोगको लागि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

चर्चित गायक शिव परियार सहित ज्योति मगर, प्रकाश कटुवाल, भद्रगोलका चर्चित दुई कलाकार बले र काँक्रोज सहित लाहुरे कलाकारलाई बोलाएर दोहा धमाका कार्यक्रम गर्न लागेको कार्यक्रमका सल्लाहकार नारायण भन्डारीले जानकारी दिनुभयो ।

सुशील लामा र हेल्पिगं ह्याण्ड कतार आयोजक रहेको कार्यक्रमलाई कतारका सफल नेपाली व्यवसायी प्रवीण गुरुगंले प्रायोजन गरेका छन् ।


कार्यक्रमको मिति र समय सहित टिकटको विषयमा केहीदिन भित्रै निर्णय गरिने आयोजकले जनाएको छ । कार्यक्रम नेपाली नयाँ बर्ष २०७३ को संघारमा गरिने समेत आयोजक समितिका सल्लाहकार नारायण भण्डारीले टपनेपालन्युजडजकमलाई जानकारी दिनुभयो ।