बैशाख ९ देखि १३ गतेसम्म बैंककमा नेपाल फेष्टिबल हुने

Posted on: May 02, 2016 | views: 233

७ चैत, बैंकक ।

थाइल्याण्डस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ थाइल्याण्डले  आउदो अप्रिल २१ देखि २५ तारिख सम्म  (बैशाख ९ देखि १३ गतेसम्म) बैंककको सेन्ट्रल ओरल्डमा नेपाल फेष्टिबल आयोजना गर्ने भएको छ ।
 
दूतावास र गैरआवासीय नेपाली संघले शुक्रबार  बैंककमा पत्रकार सम्मेलन गरी फेस्टिवल आयोजना बारे  जानकारी दिएका हुन् ।  सेन्ट्रल ओरल्ड थाइल्याण्डको सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो भने विश्वको छैटौं ठूलो सपिङ सेन्टर हो ।
 
गैरआवासीय नेपाली संघका अध्यक्ष खगेन्द्र राज ढकालले फेष्टिबल आयोजना गर्नुको उद्देश्यबारे स्पष्ट पार्दै नेपालमा गत वर्स गएको विनाशकारी भुकम्पको बेला थाइल्याण्डले ठूलो मद्दत गरे पनि हामीले थाईलेन्डका लागि केहि  गर्न सकेनौं  तर सहयोगी हातहरुलाई हामी यो महोत्सब मार्फत धन्यवाद दिन चाहान्छौं भने ।

तेस्तैगरि महोत्सबको दोस्रो उद्देश्य थाईलेन्ड-नेपाल बिचको पर्यटन र बाणिज्य साझेधारी बढाउने र तेस्रो  उद्देश्यमा भगवान बुद्ध , राजर्षी जनक र  पशुपतिनाथको देश नेपालको संस्कृतिक र अध्यतिमिक पहिचानलाई थाईलेन्ड र संसारमा चिनाउने रहेको र  अन्तिम उद्देश्यमा गत बर्सको विनासकारी भूकम्पमा ज्यान गुमाउने नेपाल एबम बिदेशी नागरिकको सम्झनामा दिप प्रज्वोलन गरी श्रदान्जली अर्पण गर्दै   नेपालको पुन निर्माण सफल पार्ने  संकल्प गर्ने । यिनै ४ वटा संदेश लिएर आफुहरु अगाडी बढेको अध्यक्ष ढकालले बताए ।

अप्रिल २१ तारिख बाट दिनको १० बजे देखि रातिको १० बजे सम्म संचालन हुने उक्त  पाचदिने फेष्टिवल अप्रिल २५ मा गत वर्ष गएको विनाशकारी भूकम्पको स्मरण गर्दै सम्पन्न हुनेछ । अन्तिम दिन भूकम्पमा जीवन गुमाएकाहरुको सम्झना गर्न थाइल्याण्डमा बसोबास गर्दै आएका हजारौं नेपालीहरु र नेपाललाइ माया गर्ने थाई तथा बिदेशीहरु  सेन्ट्रल ओरल्डको यार्डमा  जम्मा भएर  हुने नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिए । उक्त मेमोरिअलमा १० भन्दा बढी नेपाली, थाई एबम बिदेशीहरुले भाग लिने अनुमान गरिएको छ । राजदूत अधिकारीले पनि नेपाल सरकारको तर्फबाट अप्ठ्यारो अवस्थामा थाइल्याण्डले गरेको सहयोगको लागि कृतज्ञता जनाएका थिए । उनले नेपाल फेष्टिवलमा सबै थाई शुभचन्तकहरुलाई सहभागी हुन  र सहयोग गर्न पनि आग्रह गरे ।

राजदूत अधिकारीले फेष्टिबल आयोजना गर्नुको कारण पर्यटन, व्यापार र लगानीका माध्यमबाट नेपाल र थाइल्याण्डबीचको द्धिपक्षीय सहयोग आदानप्रदानलाई वृद्धि गर्नु रहेको बताए । उनले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, थाइ नेपाल चेम्बर अफ कमर्श जस्ता संस्था दुई देशको व्यापारिक सम्वन्ध विस्तारको भूमिका खेल्ने आधिकारिक संस्थाको सक्रिय सहभिगीताले यो महोत्सब भब्य हुने बताए ।

थाइ नेपाल चेम्बर अफ कमर्शका महासचिव सुथाम साचाफिमुखले थाइल्याण्डमा हुने नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण यस कार्यक्रमलाई सफल बनाउन चेम्बरले सहयोग गर्ने बताए । बैंककका प्रसिद्ध शाही भिक्षु डा. अनिल शाक्यले थाइल्याण्डले नेपाललाई गरेको सहयोग निकै ठूलो रहेको बताउदै यस्तो सहयोग जारी राख्न आग्रह गरे ।  उनले  एनआरएनएले अगाडी सरेको यो महोत्सबले दुइ देशको अध्यात्मिक एबम  बाणिज्य साझेदारीमा उल्लेख्य योगदान पुर्याउने बताए । यस  महोत्सबले सरकारी तहमा  र दुइ देशका जनताको तहमा पनि समुधुर समन्ध निर्माण गर्ने छ उनले थपे ।

सीपीएन समूहका उपाध्यक्ष तथा एभरेष्ट बेसक्याम्पका लेखक क्रिट कुन्प्लिनले बौद्ध दर्शनको अध्ययन, अर्थपूर्ण जीउने शैली र सुन्दर हिमाली क्षेत्रको अवलोकनका लागि नेपाल भ्रमणगर्न आग्रह गर्दै सबै थाई समुदायलाई नेपाल महत्शोबमा सहयोग पुर्याउन आह्वान गरे  । सेन्ट्रल ओरल्ड सीपीएन समूहका धेरै ब्यापारिक केन्द्रहरु मध्ये एक हो  जहाँ नेपाली फेस्टिवल हुदैछ र हरेक वर्ष थाईलेन्डले अधिकारिक रुपमा अंग्रेजी नया वर्ष बनाउने स्थल हो। सेन्ट्रल ओरल्डका बिशिस्ट अधिकारीहरु पत्रकार सम्मेलन उपस्थित थिए ।

त्यसैगरी, थाईलेन्ड कि चर्चित  नायिका क्याथरिन, नायक प्याट्सन, पहिलो सगरमाथा आरोही नोङ्ग, लेखक चिरानान लगायकका दर्जनौ कलाकारले पहिलो पटक हुन लागेको नेपाल फेष्टिबलको पक्षमा आफ्नो सहयोग हुने प्रतिबद्दता ब्यक्त गरे ।

त्यस्तै गरि थाईलेन्ड सरकारका तर्फबाट विदेश मन्त्रालय र संस्कृति मन्त्रालयका  उच्च  पधिआदिकारिहरु र भुकम्प मा सहायो गर्ने थाई आर्मीका  बरिस्ठ अधिकारीहरु पत्रकार सम्मेलनमा उपस्थितभै एक्यबद्दता जनाएका थिए । पाच दिने फेष्टिबलमा बिस लाख भन्दा बढी मानिसले महोत्सबको अवलोकन गर्ने अनुमान गरिएको छ ।

नेपालको पर्यटन तथा संस्कृति झल्कने वस्तु, उपहार सामग्री, खानाका परिकार रहने फेष्टिबलमा नेपाली हस्तकलाका सामग्री, पदयात्रा सम्वन्धी वस्तु, यात्रा गन्तव्य र श्रृगारिक वस्तुहरु रहनुका साथै विजनेश टु विजनेश मिटिङहरु हुनेछन् ।

महोत्सब्लाई भव्यता प्रदान गर्न नेपाल पर्यटन बोर्ड उक्त महोत्सबको प्रमुख प्रोमोटरको भूमिका निर्वाह गर्ने नेपाली दूतावास र एनआरएनए थाइल्याण्डले जनाएको छ ।

एनआरएनए थाइल्याण्डका उपाध्यक्ष आसजिता अवालेले   फेष्टिबल खुल्ला कार्यक्रम भएको बताउदै यसबाट लाखौं बुद्धिष्टहरुले नेपालको सास्कृतिक र आध्यात्मिक पक्षबारेका साथै भगवान गौतम बुद्धका बारेमा धेरै जानकारी मिल्ने बताए । जसमा लुम्बिनी विकास कोषले बिशेष भगवान बुद्दको जन्मस्थल लुम्बिनीको प्रदर्सनी गर्ने पनि उनले जनाए ।

महोत्सबको लागि नेपालबाट कान्तिपुर मिडिया ग्रुप  र थाइलेडंबाट नेसन  मिडिया  ग्रुपले मेडिया पार्टनरको भूमिका निर्बाह गर्ने पनि जानकारी पत्रकार सम्मेलनमा अवालेले दिएका थिए।