नेपालीले मलेसियामा अब बढी लेभी तिर्नुपर्ने

Posted on: May 01, 2016 | views: 223

६ चैत, क्वालालम्पुर ।
मलेसियाली सरकारले बिदेशी कामदारले तिनुपर्ने लेबि रकम फेरी बढाएको छ । यसअघि लेभी बढाएर पनि रोकेको मलेसिया सरकारले सोही नयाँ लेभीदर लागु गर्ने निर्णय गरेको छ ।

मलोसिया सरकारको यस्तो निर्णयपछि मलेसियामा कार्यरत नेपाली कामदारको आम्दानी घट्ने भएको छ ।

मलेसिया सरकारले विभिन्न क्षेत्रका कामदारलाई छुट्टाछुट्टै लेभी तोकेको छ । साथै अब औद्योगिक र कृषि क्षेत्र गरी दुई समूहमा विभाजन गरेर लेभी उठाउने मलेसियाली सरकारको निर्णयमा उल्लेख छ ।

उद्योग तथा कलकारखाना र व्यवसायिक क्षेत्रमा काम गर्ने कामदारले मलेसियन सरकारलाई १८ सय मलेसियन रिंगेट अर्थात झण्डै ५० हजार रुपैयाँ बर्षको लेभी तिर्नुपर्नेछ ।

यस्तै कृषि क्षेत्रमा काम गर्ने कामदारले ६ सय ४० रिंगेट अर्थात १७ हजार नेपाली रुपैयाँ लेभी तिर्नुपर्नेछ ।

यसअघि मलेसियाले उत्पादन, निर्माण, प्लान्टेशन, कृषि र सेवा गरी ५ बिधामा कामदारको विभाजन गरेर छुट्टाछुट्टै लेभी रकम निर्धारण गरेको थियो ।

१२५० रिंगेट अर्थात तिर्ने झण्डै ३३ हजार रुपैयाँ लेभी तिर्ने निर्माण र उत्पादनमूलक क्षेत्रका कामदारले अब १८ सय ५० रिंगेट अर्थात ५० हजार रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै यसअघि ५ सय ९० रिंगेट तिर्ने प्लान्टेशन क्षेत्रका कामदारले अब ६ सय ५० रिंगेट तिर्नुपर्ने भएको छ ।

मलेसियाली सरकारको नयाँ लेबी दर घोषणा पछि अब नेपालमा मलेसियाबाट आउने रेमिट्यान्समा पनि केही मात्रा भनेपनि कमी आउने भएको छ ।