अब अमेरिका पनि वर्किङ भिसामा जान पाइने

Posted on: May 03, 2016 | views: 1305

५ चैत, न्युर्योक ।
अब नेपालीहरु अमेरिका कामदारको रुपमा वर्किङ भिसामा जान पाउने भएका छन् ।

अमेरिकाले सन् २०१७ देखि लागू हुने गरी एच-वान बी वर्किङ भिसा जारी गर्ने भएवछि नेपालीहरुको लागि अमेरिका यात्रा थप केही सहज भएको हो ।

तर अमेरिका कामदारको रुपमा जाने नेपाली भने काममा अति दक्ष हुनुपर्नेछ । एच९वान बी भिसा मूलत प्रविधि क्षेत्रमा काम गर्नेहरुका लागि भएको बताइएको छ ।

विज्ञान, प्रविधि र कम्प्युटर प्रोग्रामरहरुका लागि अमेरिकामा काम गर्नका लागि प्रहिलो प्राथमिकतामा नेपालीहरु अति दक्ष कामदारको रुपमा जान पाउनेछन् ।

अक्टोबर १ बाट सुरु हुने आर्थिक वर्ष २०१७ का लागि ६५ हजारले यो भिसा पाउने बताइएको छ ।

सुरुमा २० हजार एच – १ बी निवेदक अमेरिकामा स्नातकोत्तर पूरा गरेका वा उच्च शिक्षा हासिल गरेकाहरु हुनेछन् जसलाई ६५ हजारमा समेटिएको छैन ।

अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले यसै वर्षका लागि ५ दिनभित्र ६५ हजारभन्दा बढी आवेदन स्वीकार्ने स्पष्ट पारिसकेको छ ।

इमिग्रेसन एन्ड नेसनालिटी एक्टमा भएको व्यवस्था अनुसार एच-वान बी नन इमिग्रेन्स भिसा दिइने गरिन्छ ।

यसबाट विदेशी कामदारलाई अमेरिकामा अस्थायी रुपमा काम गर्नका लागि अनुमति मिल्छ ।

यसको राम्रो पक्ष भनेको यस्तो भिसा लागेका कामदारलाई कम्पनीले हटायो भने मुद्दा चल्छ र उनले अर्को कम्पनीमा पनि सहजै काम गर्न समेत पाउँछन् ।