राष्ट्रसङ्घका महासचिव भेटेर उपप्रधानमन्त्री मैनालीले के भने ?

Posted on: May 02, 2016 | views: 221

५ चैत, न्युयोर्क ।
संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनसँग उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले राष्ट्रसङ्घको प्रधानकार्यालयमा  भेटवार्ता गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल समेत सहभागी भेटवार्तामा उपप्रधानमन्त्री मैनालीले लोकतान्त्रिक एवम् समावेशी चरित्रको नेपालको नयाँ संविधानबारे जानकारी गराउँदै वार्ताका माध्यमबाट संविधानका बाँकी विषय मिलाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीका तर्फबाट महासचिव बानलाई २५६०औँ बुद्धजयन्तीका अवसरमा नेपाल भ्रमणको आमन्त्रणपत्र पनि हस्तान्तरण गर्नुभयो ।

महासचिव बानले लैङ्गिक समानता, महिला सशक्तीकरणका निम्ति महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेपालले गरेका विकासका प्रयासलाई आफूले निकटबाट नियालिरहेको बताउँदै महासचिव बानले निकट भविष्यमा उपमहासचिव जान एलिसोनको नेतृत्वमा राष्ट्रसङ्घीय प्रतिनिधिमण्डल पठाउन लागेको जानकारी दिनुभयो ।