दक्षिण कोरियामा रेमिट्यान्स कम्पनीलाई वैधता,नेपाली कामदार लाभान्वित

Posted on: May 02, 2016 | views: 258

काठमाडौं,चैत ३ । दक्षिण कोरियाले दक्षिण कोरियामा रेमिट्यान्स कम्पनीलाई वैधता दिएको छ । रेमिट्यान्स कम्पनीबाट विदेशमा पनि रकम पठाउन सक्ने नयाँ व्यवस्था गरेसँगै यस सेवावाट  कोरियामा रहेका ३४ हजार बढी नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । कोरियाले बैंकमार्फत मात्रैै रकम पठाउनसक्ने नीति परिमार्जन गर्दै रेमिट्यान्स कम्पनीलाई पनि कारोबारमा भित्र्याउने निर्णय लिएको छ । कोरियामा रहेका लाखौं विदेशी कामदारको हितलाई ध्यानमा राखेर मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको कोरिया टाइम्सले जनाएको छ । रेमिट्यान्स कम्पनीको मोबाइल एप्लीकेशन प्रयोग गरेरै कोरियाबाट आप्रवासी कामदारले आफ्नो घरमा रकम पठाउन सक्नेछन् । निर्णयअनुसार अब कोरियाबाट पैसा विदेश पठाउन रेमिट्यान्स कम्पनी दर्ता हुनेछन् ।

यसअघि बैंकले मात्र यस्तो सेवा प्रदान गर्ने अनुमति पाएका थिए । यसैका कारण असुरक्षित र अवैधानिक मानिने हुण्डीमार्फत ठूलो रकम नेपाल भित्रिने गरेको थियो । वैधानिक रुपमा कमाएको धन अवैधानिक तबरले हुण्डी गर्दा धेरै नेपाली ठगिएका छन् भने ठूलो जोखिम मोल्नुपर्ने अवस्था रहेको अनलाईन खबरले समाचार लेखेको छ  । पुरानो नीतिका कारण अबैधानिक तबरले मुद्रा बाहिरिएपछि कोरियाले रेमिट्यान्स नीति खुकुलो बनाएको हो ।

अब बीमा कम्पनी, सेयर कारोबार गर्ने कम्पनी, गैह्र बैंक लगायत अन्य कम्पनीले पनि रेमिट्यान्स सेवा प्रदान गर्ने अनुमति पाउनेछन् । नयाँ व्यवस्थाअनुसार एकजना व्यक्तिले वर्षमा २० हजार अमेरिकी डलर मात्र विदेश पठाउन पाउने सीमा तोकिएको छ । १३ लाख कोरियन वन पठाउन ३० देखि ४० हजार वन खर्च गनुपर्ने समाचारमा जनाइएको छ । कम्पनी दर्ताको लागि ३ सय मिलियन कोरियन वन चुक्ता पुँजी जम्मा गर्नुपर्नेछ । सरकारको यो निर्णयबाट २० लाख ब्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने अनुमान छ । नेपालका रेमिट्यान्स कम्पनीहरुलाई पनि अब कोरियामा कारोबार गर्ने बाटो खुलेको छ । अहिले इपीएसमार्फत त्यहाँ जाने कामदारको संख्या ठूलो छ ।
धधध।यलष्लिभपजबदबच।अयm