हुन्डी दलाल घले एनआरएन कोरियाका सचिववाट  बर्खास्त

Posted on: April 30, 2016 | views: 279

कोरिया,चैत ३ ।  एनआरएन कोरियाका सचिव सागेन्द्र घलेलाई पदवाट बर्खास्त गरिएको छ। कोरियामा नेपाली कामदारको करोडौं रुपैयाँ लिएर फरार भएका भएका घलेलाई एनआरएन राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया कार्यसमितिले पदबाट हटाएको हो। उनले एनआरएनको गरिमा र मर्यादामाथि गम्भीर धक्का पर्ने कार्य गरेको भन्दै हटाईएको विज्ञप्तीमा जनाईएको छ । 

पदीय कर्तव्य, दायित्व र जिम्मेवारीप्रति बेवास्ता गर्दै अनुशासनहीन र विवादस्प क्रियाकलापमा संलग्न रहेको पाइएको भन्दै बर्खास्र्त गर्नु परेको एनआरएन कोरियाको विज्ञप्तिमा उल्लेख छ। बिना सूचना लगातार तीन पटकसम्म संस्थाको बैठकमा अनुपस्थित रहेपछि विधानअनुसार उनलाई पदबाट मुक्त गरिएको एनआएन कोरियाले जनाएको नागरिक दैनिकमा छ।

भोजपुर घर भएका घलेले सस्तो दरमा हुन्डीमार्फत् नेपाल पैसा पठाइदिने भनेर नेपाली कामदारको २ करोड ९० लाख रुपैयाँ संकलन गरी फरार भएका थिए। सोल तेङ्देमुनमा बस्दै आएका उनी एकाएक बेपत्ता भएपछि उनलाई पैसा दिने नेपाली कामदारले खोजी तीब्र पारेका थिए।