यौनधन्दामा लागेको आरोपमा मलेसियामा ४ जना नेपाली युवती पक्राउ

Posted on: May 01, 2016 | views: 307

मलेसिया चैत १ ।  यौनधन्दामा लागेको आरोपमा मलेसियामा ४ जना नेपाली युवती पक्राउ परेका छन् । मलेसियाको प्रहरीले  पेनाङको एक मनोरन्जन केन्द्रमा छापा मारेर प्रहरीले ४ जना युवतीलाई पक्राउ गरेको हो ।मलेसियामा लुकेर अवैध रुपमा यौनधन्दामा उनीहरु सम्लग्न रहेको मलेसियन प्रहरीले दाबी गरेको छ। मलेसियाका डान्सबारहरुमा धेरै मात्रामा नेपाली युवतीहरु छन् । नेपालीसँगै केही बंगलादेशका युवतीलाई पनि पक्राउ गरेको मलेसियन समाचारसंसस्थाहरुले जनाएका छन्।