कोरियामा परदेशी म्युजिक अवार्ड प्रदान गरिने

Posted on: December 22, 2015 | views: 102

दक्षिण कोरिया । परदेशी लाईफले आफ्नो पाचौं वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । कोरियामा २०१० जनवरी १ बाट शुभारम्भ गरी अनलाईनको माध्यमबाट कोरिया केन्द्रित भई प्रवासीहरुको खवर दिदैं आएको अनलाईनले आफ्नो पाचौं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गर्न लागेको हो । कोरियामा अनलाईन पत्रिकाको साथमा सामाजिक संस्थाको गतिविधिमा मुख्य भूमिका निभाउदै आएको परदेशी लाईफ डट कमले पाचौं वार्षिक उत्सवलाई भव्यताको साथ मनाउने तयारी गरेको छ । 
नेपाली कला र संगीतको उत्थानको लागि कोरियामा बनेका म्यूजिक भिडियो मध्येबाट उत्कृष्ट छनौंट गरी पुरस्कृत गर्न लागिएको परदेशी लाईफ डट कममा प्रवन्ध निर्देशक खेम कार्कीले बताएका छन । परदेशी लाईफ डट कमले गत वर्ष कोरियाको उत्कृष्ट संस्था मेडल प्रदान गर्नुका साथै  उत्कृष्ट वर्ष व्यक्तिलाई सम्मान तथा सामाजिक क्षेत्रमा योगदान गर्ने संस्था तथा व्यक्तिलाई समेत सम्मान गर्दै सउलमा एक कोरियामा सामाजिक संघ संस्थाको भुमिका विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । यसैगरी यस अघि देखि नै उत्कृष्ट पत्रकार पुरस्कृत गरेको अनलाईनले गत वर्ष पत्रकारिता क्षेत्रमा योगदान गर्ने पत्रकारहरुलाई समेत सम्मान गरेको थियो । बुसान टुर सहित वार्षिक उत्सवको अवसरमा विभिन्न ठाउमा अन्तरक्रिया कार्यक्रम समेत गरिने भएको छ । 
    यस वर्ष कोरियामा बसेर पनि नेपाली कला र संगीतलाई माया गर्ने यसको जगेर्नामा लाग्ने कलाकार, गीतकार र संगीतकार तथा फोटोग्राफरहरु तथा लाई सम्मानीत गर्ने परदेशी लाईफ डट कमले जानकारी दिएको छ । यसैगरी वार्षिक उत्सवमा अवसरमा कोरियामा डिसेम्बर महिनाभरी अनलाईनले  विभिन्न कार्यक्रमहरु गर्ने पनि जनाएको छ । यस अवार्ड कार्यक्रमको लागि मनोनयनका लागि डिसेम्बर अन्तिम सम्म दर्ता गर्न सकिने छ । 
यसका लागि ईमेल तथा भाईबर नं। मा जानकारी गराउन सकिने छ । परदेशी लाईले विभिन्न उल्लेखनीयक काम गर्दै आएको परदेशीलाईफ डट कमले यसपटक कोरियामा बसेर नेपाली गीत संगीतको क्षेत्रमा काम गर्दै आएका कलाकारहरुको सम्मानमा यस्तो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ - See more at: http://topnepalnews.com/prabash/45001#sthash.d8goY6io.dpuf