खाडी मुलुकका जेलमा रहेका नेपालीलाई नेपाल फिर्ता ल्याउने तयारी-श्रममन्त्री

Posted on: September 28, 2016 | views: 416

काठमाडौं ।
श्रममन्त्री सूर्यमान गुरुङले खाडी मुलुकमा जेल जीवन बिताइ रहेका नेपाली नागरिकलाई सरकारले नेपाल फिर्ता ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले खाडीको कारागारमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा नेपाल फर्काउन समस्या भइरहेको बताउनुभयो ।

मन्त्री गुरुङले गैरकानुनी तरिकाबाट वैदेशिक रोजगारमा पठाउनेलाई सरकारले कडा कारबाही गर्ने बताउनुभयो ।