दुई नेपालीले कोरियामा एकै दिन आत्महत्या गरे

Posted on: May 03, 2016 | views: 593

२४ फागुन, सोल ।
आकर्षक कमाई र राम्रो सुविधा हुने भन्दै दक्षिण कोरिया जाने युवाहरुको ताँती चलिरहँदा यहाँ आएका दुई युवाले भने एकैदिन आत्महत्या गरेका छन् ।

जापान सहित पछिल्लो समय आत्महत्या गर्ने नेपालीको संख्या बढिरहेको दक्षिण कोरियामा इपिएस कोटा मार्फत आएका दुई युवाले आत्महत्या गरेका हुन् ।

रोजगार अनुमति प्रणाली इपिएस मार्फत २ वर्ष अघि कोरिया आएका गुल्मी अर्खलेका २४ वर्षिय विजय केसी र नौ महिना अघिमात्र इपिएस मार्फत नै आएका ३४ वर्षिय मोहन सिंह बुढापालले झुण्डिएर आइतबार आत्महत्या गरेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार केसीले आफनो कोठामा झुण्डिएर आत्महत्या गरेका हुन भने बुढापाल कम्पनि भित्र फलामको बिममा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

केसीले आत्महत्या अघि तीन पाना लामो सुसाइड नोट लेखेको पाइएको छ । यद्यपी आत्महत्याको कारण खुल्न सकेको छैन ।

बुढापाल विवाहित हुन भने केसी अविवाहीत युवक हुन । पछिल्लो समय दक्षिण कोरिया आउने नेपालीहरुले आत्महत्या गर्नेक्रम बढेपछि यहाँ रहेका नेपालीहरुमा चिन्ता बढेपनि नेपाल सरकारले भने यसलाई गम्भिर रुपमा नलिएको भन्दै नेपालीहरुले सरकार र यहाँ रहेको दूतावासको आचोलना गरेका छन् ।

गुल्मीका युवाले तिनपाना सुसाईड नोट लेख्दै कोरियामा आत्महत्या गरे