गुल्मीका युवाले तिनपाना सुसाईड नोट लेख्दै कोरियामा आत्महत्या गरे

Posted on: May 02, 2016 | views: 466

२४ फागुन, सोल ।
रोजगारीका लागि दक्षिण कोरिया रहेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । गुल्मीको अर्खले गाविस स्थायी घर भएका विजय केसीले झुन्डिएर आत्महत्या गरेका हुन् ।

छल्लादो ख्वान्गन्जुस्थित सोछ्नदोंगमा कार्यरत केसीको शव शनिबार अपरान्ह झुन्डिएको अवस्थामा भेटिएको हो । २०१४ मे मा कोरिया आएका केसीले पुराना कपडा जम्मा गरि कपडाको प्रकृति छुट्टाउने कम्पनीमा कार्यरत थिए ।

मृतक केसीले तीन पेज लामो सुसाइड नोट लेखि छोडेको घटनास्थल पुगेका झापाका श्री खनालले जानकारी गराए ।

२४ वर्षीय केसीले सुसाइड नोटमा साथीहरुलाई सम्बोधन गर्दै आफू शारीरिकरुपमा कमजोर भइ स्वास्थ्य अनुकुल नभएको उल्लेख गरेका थिए ।

सुसाइड नोटमा उनले परिवारलाई सान्त्वना दिदै जन्मेपछि मृत्य अवश्य हुने पनि लेखेका थिए । स्थायी घर गुल्मी भएको केसीको परिवार हाल बुटवल बस्दै आएका छन् ।

मृतकका दाजु पनि कोरियामै कार्यरत छन । सोलस्थित श्रम सहचारी अनिल गुरुङले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए ।
अन्नपूर्ण पोस्ट