अम्बर गुरुङ डिस्चार्ज भए

Posted on: May 02, 2016 | views: 239

२३ फागुन, काठमाडौं ।
वरिष्ठ संगीतकार अम्बर गुरुङ अस्पतालबाट डिस्चार्ज हनुभएको छ । भारतमा उपचाररत गुरुङ स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

नसा तथा पाचन प्रणालीमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएका गुरुङलाई महिना दिन अघि भारत लगिएको थियो ।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मनुभएपनि कर्मभूमी नेपाललाई बनाएर नेपाली संगीतमा लागि पर्दै आउनुभएका संगीतकार गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित हुनुहुन्छ ।

नेपालको राष्ट्रिय गानका संगीतकार समेत रहनु भएका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो ।

गुरुङको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेपनि उपचार खर्च समयमै नदिंदै उपचारमा समस्या भएको खवर बाहिरिएपछि सर्वत्र चासो र सरकारको आलोचना भएपछि सरकारले तत्काल रकम निकासा गरेको थियो ।