जागिरको प्रलोभनमा ढाका पुगेका ४६ नेपाली अलपत्र

Posted on: August 06, 2016 | views: 443

काठमाडौं,साउन २२ । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् । ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए । ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएका आजको अन्नपूर्णमा समाचार छ ।

सुरुमा पर्यटक भिसामा बंगलादेश पुर्याइएका उनीहरुको भिसाको म्याद सकिएपछि दलालले वर्किङ भिसा मिलाइदिने भन्दै फसाएपछि उनीहरु गैरकानुनी ढंगले बस्न बाध्य भएका थिए । ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपैयाँ उठाएको बताइएको छ । ठगिनेमा नेपालीबाट बिजनेस भिसा लिएर जानेहरुसमेत छन् ।  नेपालीलाइृ बिचल्ली पर्ने ती मानव तस्करलाई ढाका प्रहरीले पक्राउ गरेको छ ।

ती मानव तस्कर नेपाल आउजाउ गरेको समेत पाइएको छ । नयाँ वानेश्वसस्थित एक निजी स्वास्थ्य संस्थाको ‘फिजिसियन कन्सल्टेन्ट’ बाट लिएको परिचयपत्र ती दलालबाट ढाका प्रहरीले जफत गरेको छ । ढाका प्रहरीले उनीहरुको गैरकानुनी हैसियतबारे नेपाली दूतावासलाई जानकारी गराएपछि उनीहरुको उद्धार गरिएको थियो । उनीहरुलाई दूतावासकै रेखदेखमा ढाकामा राखिएको छ ।