अस्ट्रेलिया रहेका नेपालीले खोले पाँच करोड लगानीमा होटेल रेष्टुँरा तालिम केन्द्र

Posted on: July 03, 2016 | views: 646

२० असार, काठमाडौं ।
अस्ट्रेलियामा बस्ने गैरआवासीय नेपालीहरुको पाँच करोडको लगानीमा काठमाडौंमा होटल रेष्टुँरा सम्बन्धी तालिम प्रादान गर्न व्यवसायिक हस्पिटालिटी एण्ड कोलोनी एकेडेमी स्थापना गरिएको छ ।

एकेडेमीको आइतबार काठमाडौंमा नेपालका लागि अष्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले उद्घाटन गर्नुभयो ।

एकेडेमिमा होटल र रेष्टुरेन्टमा काम गर्ने दक्ष जनशक्ति उत्पादनका लागि प्रतिवर्ष २५० देखि ३०० जनालाई व्यवसायीक तालिम प्रदान गरिने छ ।

तालिममा छनौट भएकाहरुलाई ३ महिना नेपालमा र ३ महिना अष्ट्रेलियामा तालिम दिइने एकेडेमीले जनाएको छ ।