दलालले फसाएर बन्दी बनाइएकी निर्मलाको साउदीमा उद्दार

Posted on: May 03, 2016 | views: 308

१४ फागुन, साउदी अरब ।
दलालले प्रलोभनमा पारी भारतहुँदै घरेलु कामदारको रुपमा साउदी अरब पुर्याइएकी एक नेपाली चेलीको उद्दार गरिएको छ ।

साउदी अरबमा बन्दी जीवन बिताइरहेकी पाल्पा कचलकी ३१ बर्षीया निर्मलाको उद्दार गरिएको हो । ५ बर्षअघि साउदी आएकी निर्मलालाई रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी बनाएर राखिएको अवस्थामा उद्दार गरिएको हो ।

बन्दी जीवन बिताइरहेकी पीडित निर्मलालाई नेपाली जनप्रगतिशील मोर्चाले दूतावासको समन्वयमा उद्धार गरेको बताइएको छ ।

गत २९ जनवरीमा उद्धार गरी रियादस्थित नेपाली दूतावासको आश्रयस्थलमा राखिएकी निर्मलालाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार साँझ स्वदेश फर्काइएको छ ।

गत जनवरी २९ मा घरका परिवार सुतेको मौका पारी राति ४ घन्टाको निरन्तर प्रयासपछि बिहान ४ बजे उनलाई बन्दी बनाइएको घरबाट भगाएर दूतावास पु¥याइएको थियो ।

कुबेतमा रहेकी उनकी दिदीमार्फत उनी साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेको खबर पाएपछि ५ महिनाको प्रयासमा उनलाई नेपाल फर्काइएको हो ।

परिवारमा मानसिक सन्तुलन गुमाएका श्रीमान्, एक छोरा र एक छोरीसमेत रहेकी निर्मलाले शारिरिक र मानसीक यातना भोग्दै आएकी थिइन् भने पारिश्रमीक समेत दलाले लिएर निर्मलालाई बन्धक बनाइएको थियो ।